सन् २००७ को अन्तिम दिनदेखि नेपाली महासंघ हङकङले महासंघ दिवसको अवसर पारी विगत एक दशकदेखि विभिन्न क्षेत्रमा विशेष योगदान दिने हङकङवासी नेपाली व्यक्तित्वहरुलाई पुरस्कार दिई सम्मान गर्ने कार्यको थालनी निश्चय नै सुखद कुरा हो, राम्रो शुरुवात हो । तर राम्रो कुराको शुरुवात हुँदाहुँदै पनि एकाएक उक्त पुरस्कार तथा सम्मान विवास्पद बन्न पुगेकोछ हङकङवासी नेपालीहरुको माझ । यसरी पुरस्कार विवास्पद हुनुको प्रमुख कारण महासंघका पदाधिकारीहरु आफैं बोक्सी आफैं धामीको भूमिका खेल्नुले पनि हो ।
द्वैध चरित्रले एउटा अर्को कुराको पनि रहस्य उदघाटन गरेकोछ, त्यो के होभने, नेपाली महासंघकै पदाधिकारीहरु आफैं पुरस्कार लोलुप देखिनु हो । किनकि, पुरस्कार वितरण समितिमा आफैं रहेर आफ्नै गलामा मेडल झुन्ड्याउनु त्यसको गतिलो उदाहरण बन्न पुगेको छ । यसरी नेपाली महासंघकै पदाधिकारीहरु सम्मानित हुन खोज्नुले अरु क्षेत्रमा योगदान दिने नेपालीहरु निश्चय नै ओझेलमा पर्छन् र परेका पनि छन् । यसलाई राम्ररी केलाएर हेर्ने होभने एउटा अर्को प्रश्न महासंघले टड्कारो रुपले उभ्याएको देखिन्छ, त्यो के होभने, पुरस्कार समाजमा योगदान दिनेलाई होइन नेपाली महासंघकै पदाधिकारीहरुलाई क्रमश बाँड्दै लैजाने नीतिको अख्तियार गरिएको हो कि भन्ने अप्रत्यासति रुपले माथिको उदाहरणले प्रमाणित गर्दछ । पुरस्कार समितिकै सदस्यहरु पुरस्कृत हुनुले उनीहरुको नियत कस्तो रहेछ भन्ने कुरा पनि छर्लङ्गिन्छ ।
एक त यो पुरस्कार वितरण गर्ने नियमावली हङकङवासी नेपालीहरुको लागि उपयुक्त खालको देखिंदैन । गएको वर्ष वितरण गरिएको पुरस्कारलाई मध्यनजर गर्दा कतिपय क्षेत्रमा प्रथम पुरस्कार दिन लायकको मानिस नै नभेटिनु हास्यास्पद कुरा होभने अर्कोतिर दुःखद पनि । दुःखद यो कारणले हो कि योग्य व्यक्ति हुंदाहुंदै पनि महासंघको नियमावलीको भुत्लाले समेत नछुनु हो । मलाई लाग्छ, हङकङमा रहेर हरेक क्षेत्रमा योगदान दिने नेपाली व्यक्ति-व्यक्तित्वहरुको कमी छैन । मात्र तिनीहरुलाई खोजेर पुरस्कृत गर्न सक्नु पर्यो, तर नेपाली महासंघको पुरस्कार समितिले भने त्यसो गर्न चाहेन र चाहंदैन पनि । नेपाली जनमानसमा त्यस्ता व्यक्तिहरुको सोधखोज गर्नुको सट्टा कुनै स्थानमा बसेर हचुवा निर्णय गरी पुरस्कार वितरण गर्नुलाई महानता ठहर्यायो नेपाली महासंघले । यसपालिको पुरस्कार तथा सम्मान कार्य यही कारणले विवादित र आलोचित बन्न पुग्यो हङकङे नेपालीहरुको इतिहासमा । सबै नेपालीहरुले पुरस्कारप्रति शंका-उपशंका गर्नु र असन्तुष्ट व्यक्त गर्नुको तात्पार्य पनि यही हो । किनभने लामो समयसम्म हङकङे नेपालीहरुको माझ आफ्नो क्षेत्रमा योगदान दिएर पुरस्कारवाट वञ्चित गराउनुले निष्पक्ष तथा सही मुल्याङ्कन थिएन भन्ने कुरो नेपाली महासंघले पुष्टि गरिदिएकोछ । मलाई लाग्छ, नीति नियम भन्ने कुरा मानिसले मानिसकै लागि उपयुक्त हुने गरी निर्माण गर्ने कुरा हो तर नेपाली महासंघको पुरस्कार तथा सम्मान नियमावली भने हङकङे नेपालीहरुको लागि सुहाउँदो नभएर केवल नेपाली महासंघकै लागि मात्र उपयुक्त ठहरिएको छ । किनभने नियमावलीको हवला दिंदै पुरस्कार समितिका सदस्यहरु शतप्रतिशत सही निर्णय गरेको ठोकुवा दिन्छन्, अर्कोतिर नेपाली महासंघले विभिन्न क्षेत्रमा पुरस्कार दिन लायकको व्यक्ति नदेख्नु वा बिर्सनुले यो कार्य सुनियोजित तरिकाले गरिएको भन्ने ठहरिन्छ । महासंघले नचाहेमा वा नचाहेका त्यस्ता योगदान दिने व्यक्तिहरु भएमा पनि पुरस्कारको भागी बन्दैनन् यो श्रृङखलाले । त्यसको मतलव यो पनि हुन आउँछ कि आफूले चाहेको व्यक्तिको बाहेक अरुको योगदान र अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो ।
पुरस्कार भन्ने कुरा समाजमा योगदान दिने जोसुकै व्यक्ति हुन्, त्यसको कदर गर्दै सम्मान गर्न सक्नुपर्छ । तव मात्र त्यो कार्यलाई राम्रो कार्यको शुरुवात भन्न सकिन्छ अथवा मान्न सकिन्छ । तर समाजले चाहेको वा सोचेको भन्दा विपरीत कार्य गर्दै जानुले पुरस्कार पाउनको लागि महासंघको चाकरी गर्नुपर्ने हो कि जस्तो भान हुन्छ । यसरी नेपाली महासंघले दिन शुरु गरेको पुरस्कार तथा सम्मान यस्तै तरिकाले अगाडि बढाउंदै लैजाने हो भने हङकङे नेपालीहरुको माझ सर्वस्वीकार्य नहुन पनि सक्छ । किनभने प्रथम पटकमा नै उक्त पुरस्कार तथा सम्मान र्दुइ जनाले ग्रहण गर्न अस्वीकार गर्नुले यही कुरा देखाएकोछ । यदि पुरस्कार तथा सम्मान निष्पक्ष र सही भएको भए त्यो कसैले अस्वीकार गर्दै गर्दैन । वास्तविकताको वेवास्ता गर्नु महासंघको भुल हो । यसो भन्दा पुरस्कार पाउने व्यक्तिहरुमाथि विरोध गर्न खोजेको अवश्य होइन । यो केवल पुरस्कार तथा सम्मान गर्ने गलत नीतिको विरोध हो, गलत प्रवृतिको विरोध हो । यसरी हामी हङकङवासी नेपालीले समय मै गलत कार्य र प्रवृतिको विरोध गरेनौं भने भोलि महासंघले आफूले चाहेअनुसार जे पनि गर्न सक्दछ । त्यसैले यी शव्दहरु विचारहरु विरोधका लागि औंला ठड्याउन उठेका हुन् । यो कुरालाई मनन गर्दै आउंदा दिनहरुमा महासंघले नियमावली सच्याएर हुन्छ वा अन्य कुनै चित्तबुझ्दो तरिका अपनाएर हङकङे नेपालीहरुमाझ योगदान गर्ने व्यक्तिहरुलाई उचित पुरस्कार र सम्मानको भागिदार बनाउनु पर्छ । हङकङ बसेर जगैदेखि कुनै कामको शुरुवात गर्ने र उसले गरेको योगदानलाई जानी-जानी ओझेलमा पार्नुले यसपालिको पुरस्कार तथा सम्मान त्यति औचित्यपूर्ण रहेन । तर पछिल्ला वर्षहरुमा पुरस्कार तथा सम्मान दिने कार्य गर्दा सन् २००७ को जस्तै विवादस्पद र हचुवा तालले कसैलाई नदिईयोस् भन्ने यो हाम्रो सुझाव हो । यदि नेपाली महासंघ हङकङवासी नेपालीहरुको हो भने यहाका जनताहरुको सुझाव सल्लाह राय महासंघले माग्नुपर्छ र उचित सुझाव-सल्लाह राय मनन गरेर लिनु सक्नु पर्छ । तब मात्र विवादमुक्त हुनसक्छ नेपाली महासंघले दिने पुरस्कार तथा सम्मान । यस्तै विवादहरुबाट मुक्त हुन कतिपय पुरस्कार दिने संस्थाहरुले संस्थाभन्दा बाहिरका बुद्धिजीवी व्यक्तित्वहरुलाई पुरस्कार वितरण छनौट समितिमा राख्ने गरिन्छ । यसरी बाहिरका व्यक्तिहरु राख्दा-राख्दै पनि निष्पक्ष नदेखिएकोले हाल नया तथा प्रजातान्त्रिक प्रणाली जनताद्वारा मत संकलन गरी सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिलाई पुरस्कारको भागी बनाईन्छ । महासंघले चाहेमा यस्ता निष्पक्ष अनेकौं प्रविधिहरु अपनाउन सक्छ ।
हङकङमा क-कसले कुन क्षेत्रमा कति योगदान कुन व्यक्तिले गरेको छ भन्ने कुरा प्राय हङकङ बसोबास गर्ने नेपालीलाई थाहा हुन्छ । किनभने त्यो घाम जस्तै छर्लङ्गै देखिने विषय वस्तु हो । र समाजमा हरेक व्यक्तिले कसले कति योगदान कुन क्षेत्रको लागि गरेको छ भन्ने कुरा मूल्याङ्कन गरेका पनि हुन्छन् । तर यसरी पुरस्कार पाउने व्यक्तिलाई छनौट गर्दा महासंघले चाहेका व्यक्तिहरु नपर्न पनि सक्छन् त्यसैले यसपालि आफ्नै नियमावली जबरजस्ती लाद्न चाहेको प्रष्टिएकोछ । आजको साइवर युगमा पुरातन सोचले महासंघ आउंदा दिनहरुमा पनि अगाडि बढ्न खोज्यो भने अहिलेको भन्दा दोव्बर आलोचना खेप्नु पर्ने हुन्छ । समयमै महासंघले हङकङमा बसोबास गर्ने व्यक्तिहरुको योगदान पहिचान गरी उचित सम्मान र पुरस्कारको भागी बनाओस् भन्ने हङकङ वसोवास गर्ने सम्पूर्ण नेपालीहरुका चाहाना हो । महासंघले आफैलाई समयसापेक्ष बनाउन सम्पूर्ण नेपालीहरुको भावनालाई कदर गर्दै निष्पक्षरुपले प्रस्तुत हुन आवश्यक छ । यो कुरा महासंघ र महासंघका पदाधिकारीहरुले समयमै सोच्नु जरुरी छ । तर यसपालि भने माथि उल्लेख गरिएका प्रमुख कारणहरुले गर्दा महासंघको पुरस्कार तथा सम्मान दिने कार्य अत्यन्तै विवास्पद र आलोचित रह्यो हङकङमा ।